जनता नुन खान नपाउने सरकार ३३ किलो सुन खाने : तरुण महासचिव शाही ।( भिडियो सहित )

0
929

नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जनता नुन खान नपाउने नेताहरु सुन खाने भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् । बानेश्वरमा भएको सभामा बोल्दै शाहीले महंगी दिन दुगुना रात चौगुनाका दरले भैरहँदा सरकार मौन बसेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । राजधानीको माइतिघर मण्डलाबाट सुरु भएको र्याली बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै बालुवाटारको जग्गा नेकपाका महासचिवले लुट्दा पनि नदेख्ने अन्दो सरकार आफुहरुलाई स्विकार्य नहुने बताएका थिए । देशमा रोजगारीको ढोका बन्द गरेर ४० लाख युवाहरुलाई अरव लखटेको भन्दै यो सरकार नाङगै भएको घोषणा गरेका थिए । राष्ट्रपतिले केही दिन अघि मात्रै काँग्रेसका सभापति देउवाको बोली नै बुझिन भनेर लज्जाजनक ब्यबहार गरेको भन्दै राष्ट्रपतिले माफि नमागे आन्दोलनको आँधीले बडार्ने बताए । बाँकी भिडियोमा हेर्नुहोला ।