भाद्र १० काठमाडौ ०
नेपाली काँग्रेसले आफ्नो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा भड्कने गरी अभिव्यक्ति दिए पश्चातका बिकसीत घटना सँग जोडेर स्पष्टीकरण सोधेको हो ।
उनको अभिव्यक्तिका विषयमा पार्टि भित्र चर्को आलोचना भएपछि सभासद् सिंहलाई स्पष्टीकरण सोधिएको हो ।
कैलाली घटनाको केही दिन अघि मधेसी मोर्चाका नेताहरूसँग एउटै मञ्चबाट अमरेशले सामाजिक सद्भाव बिथोल्नेगरी अभिव्यक्ति दिएका थिए । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादब, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगै एकै कार्यक्रममा उनले दिएको अभिव्यक्तिको अडियो रेकर्ड संसदको राज्य व्यवस्था समितिले छानविन गरिरहेको अवस्थामा पार्टीले स्पष्टिकरण सोधेको हो ।
सिंहलाई अनुशासन उल्लँघनको कार्वाहि गर्न पार्टि सभापति शुशिल कोईरालाले अनुसाशन समितीका कार्यबाहक सभापति दिलबहादुर घर्तिलाई आग्रह गरे पछि २४ घण्टे अल्टिमेटम सहितको पत्र तयार भए पनि अमरेस पार्टिको सम्पर्कमा नभएकाले आज सार्बजनिक रुपमा पत्राचार गर्ने तयार नेपाली काँग्रेसले गरेको छ ।