द्धन्द्धकालको घटनाको जिम्मा लिँदै प्रचण्डले माफी मागे । (भिडियो सहित)

0
1133

बालसैन्य लेनिन विष्टले प्रचण्डकै अगाडी आफ्ना कुराको सुनुवाई नभए पछि प्रचण्डलाई हेग लैजान्छु भनेको बताएका छन् । एउटै मञ्चबाट प्रचण्ड र लेनिनले द्धन्द्ध कालमा भएका सम्पुर्ण घटनाको समिक्षा गरेका थिए । मानव अधिकार आयोगले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले आन्तरीक समस्याको समाधान देश भित्र हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रचण्डले द्धन्द्ध कालको राम्रा नराम्रा सम्पुर्ण कामको जिम्मा आफुले लिने बताउँदै आत्माआलोचना गर्नु पर्ने बताएका थिए । कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रति उपस्थित द्धन्द्ध पिडीत महिलाहरुले आक्रोश पोखेका थिए ।