यसरी र्याम्पमा देखिए प्रज्ञा कुञ्जका विद्यार्थीहरु । (फोटो फिचर सहित )

0
1406

काठमाण्डौं : नयाँ बानेश्वर संगमचोकस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका कक्षा तीन र चारका विद्यार्थीले विभिन्न साँस्कृतिक पहिरन झल्काउने र्याम्प शो प्रस्तुत गरेका छन् । कार्यक्रममा विद्यार्थीले नेपाली, नेवारी, मगर, गुरुंङ, थारु, तामांङ, शेर्पा, राईलगायतका जातजातिका पहिरन र गरहगनामा सजिएर स्टेजमा क्याटवाक गरेका थिए । विद्यालयकी शिक्षिका उषा भट्टले उपस्थित अभिभावकलाई स्वागत गर्दै संचालन गरिएको कार्यक्रमको थिम आई हेट बिइंग नेकेड रहेको थियो ।
यस अगाडि पनि आईएसए अवार्ड पाइसकेको प्रज्ञा कुञ्जले आफ्नो दोस्रो आईएसए अवार्डको तयारी स्वरुप उक्त कार्यक्रम संचालन गरेको जानकारी विद्यालयकी प्रधानअध्यापक सुनिता पौडेलले दिइन् । उनले संयुक्त राष्टसंघको दिगो विकास लक्ष्य अन्तर्गतको बुँदा नम्बर तीनमा रहेको गुड हेल्थ एण्ड वेलबिइंग र्शीषक अन्तर्गत काम गर्ने क्रममा विद्यार्थीको र्याम्प शो आयोजना गरिएको बताइन् । यस्ता कार्यक्रमले विद्यार्थीको सिकाई र उनीहरुको आत्मविश्वास पनि बढ्ने प्रधानाध्यापक पौडेलको धारणा छ ।
विद्यार्थीले र्याम्पमा क्याट वाक गर्नुका साथै आफूले लगाएको भेषभुषा र गरगहनाको बारेमा पनि जानकारी दिएका थिए । विद्यार्थीलाई अभ्यास गराएर आत्मविश्वासका साथ र्याम्पमा उत्रन सफल बनाउने शिक्षकशिक्षिकाले पनि विभिन्न पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए ।