नेपालको कानुनले प्रचण्डलाई सात जुनी जेल हाल्न सक्छ अधिवक्ता अर्याल (भिडियो सहित) ।

0
2345

राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका जानकार ओम प्रकाश अर्यालले जनयुद्धको समयमा १७ हजार मानिसको ज्यान लिने प्रचण्डले ५ हजारको मात्रै जिम्मा लिन्छु भन्नु अनर्थ भएको बताएका छन् । नेपाल पुकार सँगको कुराकानीमा अर्यालले नेपालको प्रचलित फौजदारी कानुन बमोजिम प्रचण्डलाई सात जुनी जेल हाल्नु पर्ने र अन्तराष्ट्रिय कानुन बमोजिम ३० बर्ष जेल जाने ब्यबस्था रहेको बताएका छन् । युद्ध अपराध तथा मानवता बिरुद्धको कसुरमा प्रचण्डले कहिल्यै उन्मुक्ति नपाउने अर्यालको भनाई रहेको छ । टिकापुर घटनाका दोशी रेशमलाल चौधरीलाई जेलबाट छुटाउँछु भन्दै सिम्प्याथी लिन खोज्नु प्रचण्डको मुखर्ता भएको तर्क गर्दै उनी न्याय सम्पादनका बाधक भएको बताएका छन् । अब राज्यका बिभिन्न निकायले चौधरीको सम्बन्धमा कसरी काम गर्छन् भन्दै अर्यालले प्रश्न गरेका छन् । अर्यालसँगको रोचक कुराकानी भिडियोमा हेर्नसक्नुहुनेछ ।