नेताहरुले आफ्ना कु कर्म लुकाउन काला कानुन बनाएर : अधिवक्ता ओम प्रकाश अर्याल । (भिडियो सहित)

0
1646

अधिवक्ता ओम प्रकाश अर्यालले नेताहरुले आफ्नो कु कर्म लुकाउन काला कानुन ल्याएर जनताको मुखबन्द गर्न खोजेको बताएका छन् । सुचना प्रबिधि बिद्येयकको प्राबधानले सोसल मिडिया प्रयोग कर्ता माथि प्रतिबन्ध लगाउने र प्रयोग गरेमा कठोर सजायाँ गर्ने ब्यबस्था गरेको भन्दै यो बिद्येयक कार्यान्वयनमा आए नयाँ तानाशाह उत्पन्न हुने बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा अर्यालले यो बिद्येयकले भने जस्तै सोसल मिडिया सञ्चालक कम्पनी नेपालमा दर्ता हुन नआएमा स्वत बन्द हुन सक्ने भन्दै जनताले गणतन्त्र नेताको गुलाम बन्न मात्रै ल्याएको हो ? भन्दै प्रतिप्रश्न गरेका छन् । जनताको वाक स्वतन्त्रतामा बन्देज लगाउने बिद्येयक तत्काल खारेज गर्नु पर्ने उनले बताएका छन् । नेपालको कानुन सोसल मिडियालाई सुुहाउँदो नभएमा यसका सञ्चालकहरु नेपाल नआउने उनको भनाई छ ।