कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ६१ दिन पुगेको छ ।
गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी सञ्चालनमा रहेपछि भित्रि सडकहरु सुनसान जस्तै देखिएका छन् । अत्यावश्यक सवारीहरु भित्रि सडकमा पनि गुडेका छन् तर न्यून मात्रामा । चोक चोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि क्षेत्रमा रहेका प्रायः सटरहरु बन्द रहेका छन् । विहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनमा रहेपनि दिउँसो समयमा भने पूर्ण रुपमा बन्द छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा कडाई गरेको छ । पास वितरणमा कडाई गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरुको चेकजाँचमा पनि कडाई गरेको छ । उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाउन सरकारले सम्पूर्णमा आग्रह गरेको छ । भित्रि गल्लिहरुमा स्थानीयहरुले नै अपरित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् ।
साँझपखको समयमा उपत्यका पूर्ण सुनसान देखिन्छ । केही ठाउँमा सडकबत्ति र होडिङ बोर्डहरु बलेको देखिएपनि सडकमा प्रायः गाडी देखिँदैनन् । अत्यावश्यक सेवाका सवारी साधन र सुरक्षाकर्मीका सवारी साधन बढी देखिन्छन । रातिको समयमा पनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुले सुरक्षा जाँचलाई पनि निरन्तरता दिएको पाइएको छ ।
सरकारले चैत ११ गते पहिलो पटक एक साताका लागि लक डाउन घोषणा गरेको थियो । त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लक डाउन गरियो । त्यसपछि तेस्रो पटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लक डाउनलाई चौथो पटक १२ दिन थपेर वैशाख १५ गतेसम्म पु¥याइयो । त्यसपछि पुनः १० दिनका लागि लक डाउन थप भएर बैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँ पटक जेठ ५ गतेसम्म लक डाउनको अवधि थप्यो । संक्रमणको दर बढ्दै गएपछि सरकारले जेठ २० गतेसम्म पुनः लक डाउनको अवधि बढाएको छ ।