रुकुम घटनाको छानविन गर्न तत्काल संसदिय समिती बनाउन पुर्व गृहमन्त्रीको माग,गृहमन्त्रीको भनाई लज्जास्पद (भिडियो सहित)

0
556

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पुर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले रुकुम घटनाको तत्काल सत्य तथ्य छानविन गर्न संसदिय समिती गठन गर्न माग गर्नु भएको छ । नेपाल पुकार डट कमसँगको कुराकानीमा सिटौलाले राज्य माथि जनताले शंका गरेकाले घटनाको वास्तकिता पत्ता लगाउन संसदिय समितीको बिकल्प नरहेको उहाँको धारण छ । राज्य किन संसदिय समिती गठन गर्न चाहदैन भन्नेमा आफु आश्चर्य चकित भएको बताउँदै उहाँले कानुन समितीमा गृहमन्त्रीले दिएको अभिब्यक्ति आपत्तिजनक भएको प्रतिकृया दिनु भयो । रुकुम नरसंहारलाई राज्यले लुकाउन खोजे जनताले प्रतिकार गर्ने उहाँको भनाई थियो । सिटौलासँगको पुरा कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।