लायन्स क्लवद्धारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

0
842

लायन्स क्लव 325 A2 अन्तर्गतको लायन्स क्लव 325 A2 अफ काठमाण्डौ न्यु वेभ्स् को आयोजना सँगै लायन्स क्लव अन्तर्गतका विभिन्न १४ वटा क्लबहरुको समेत उत्साहजनक सहभागितामा आज बुढानिलकण्ठ न पा स्थित पंचकन्या मन्दिर क्षेत्रमा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रमा सम्पन्न भएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली सेनाका उपरथी शशिचंद्र बहादुर सिंह लगायत लायन्स लीडरहरू, स्थानीय जनप्रतिनिधीहरु एवंम स्थानीय बासीहरूको सहभागिता रहेको थियो । बृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ४०० बिरुवाहरु रोप्ने कार्य सम्पन्न भएको लायन्स क्लव अफ काठमाण्डौ न्यू वेभ्स् अध्यक्ष संजय खतिवडाले जानकारी दिनु भयो ।