काठमाण्डौ भाद्र ११ आज राजधानिमा सम्पन्न पर्यटन ब्यबसायी मञ्चको प्रथम साधारण सभाले गणेश प्रसाद सिंखडालाई आगामी दुई बर्षको लागि सर्वसम्मतीलेनिर्वाचित गरेको छ ।
ठमेल स्थित गोकणेश्वर हाउस रेष्टुरेन्टमा सम्पन्न साधारण सभाले सिंखडाको अध्यक्षतामा २५ सदसीय कार्य समिती समेत चयन गरेको छ ।

मञ्चले आगामी कार्यकालमा पर्यटन मन्त्रालयमा बढेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि शुद्धिकरण अभियान संचालन गर्दै मञ्चको क्षेत्रिय कार्यसमिती देशका ५ स्थानमा बिस्तार गर्ने निर्णय गरेको छ । मञ्चले नेपालगञ्ज,धनगढी,पोखरा,चितवन र लुम्बिनीमा क्षेत्रियकार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
उक्त समितीले होटल,पर्यटन,ट्रेकिङ,माउन्टेनिङ लगायत पर्यटनका सम्पुर्ण क्षेत्रका समस्या समाधान गर्दै सम्भावनाको अध्यायन समेत गर्ने कार्यादेश दिईएको छ ।
सभाले देशमा देखिएको जटिलतालाई सहजिकरण गर्न पहलकदमी लिने,पर्यटन क्षेत्रमा बढ्दै गएको माफियाकरणको अन्त्य गराउने,नेपालको पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बि टु बि (बिजनेश टु बिजनेश ) मिटिङ गर्ने देखि प्रेस टु प्रेस अर्थात पत्रकारीताको माध्यमबाट अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने राणनिती पनि अबलम्बन गरेको छ ।
निर्वाचित कार्यसमिती यस प्रकार रहेको छ ।
अध्यक्ष ः गणेश प्रसाद सिंखडा
उपाध्यक्षहरुमा ः
सागर पाण्डे
अबिर मल्ल
गोपाल बाबु श्रेष्ठ
महासचिव ः
चेवन देवकोटा
सचिवहरुमा ः
गोबिन्द पन्त
बद्रि रिजाल
प्रकाश चन्द्र देवकोटा
काषाध्यक्ष ः
सुजन लामिछाने
सदस्यहरु ः
अर्जुन सिंखडा
अमृत बानियाँ
प्रकाश देवकोटा
नवराज ढकाल
सुजन अधिकारी
रामचन्द्र धमला
राजकुमार बस्नेत
सुरेन्द्र लामीछाने
सुरेन्द्र राना
राम बराकोटी
रामशरण उप्रेती
बाबु कार्की
ठाकुर खनाल
नारायण पौडेल
महेश बुढा
अर्जुन पाण्डे