सतुंगल डोजोले आयोजनामा बृहत सम्मान

0
2115
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउँदै राष्ट्रकाे बिकास समृद्धिका लागि युद्ध स्तरमा काम गरे देश समुन्नति तर्फ उन्मुख हुने बताएका छन् ।                          
राजधानीकाे चन्द्रागिरि १५ तीनथानामा सतुंगल डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुदै अगाडि वढ्नु पर्ने बताएका हुन् ।                                    
मन्त्री भट्टले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्ने बताए ।
कुनै पनि मुलुकको विकासका निम्ति त्यहाँका नागरिक स्वस्थ हुनुपर्ने बताउँदै भट्टले मानिसलाई स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको समेत दाबी गरे ।                                      
खेलकुदका क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भएपनि आगामी दिनमा यसलाई परिष्कृत गर्दै लैजानुपर्ने मन्त्री भट्टको भनाइ छ ।                
चन्द्रागिरि १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले देशकाे विकास समृद्धका लागि राज्यले शिक्षा,स्वास्थ र खेलकुदकाे विकासमा लगानी गर्न सकेमात्र समृद्धिकाे आधार तय हुने बताए ।
सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हीतका लागि राज्य अभिभावक बन्नसक्नुपर्ने बताउनुभयो । आफूले नेपालमा कराँतेको विकासका लागि धेरै कार्यक्रम गरिरहेको बताउँदै शाहीले त्यसमा राज्यको उपस्थिति कम रहेको गुनासो गरे ।          
संस्थाले वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।                                            
सम्मानित हुनेमा ओलम्यिन दीपक विष्ट,आयुशा शाक्य,राष्ट्रिय भलिवल टोलकिा प्रशिक्षक भरत शाह, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष गोविन्द बहादुर शाक्य का साथै १३ औं सागमा दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य, अन्र्तराष्ट्रिय रेफ्री प्रकाश कुमार चन्दलाई    सम्मान गरेको हो ।
शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारितालगायतका क्षेत्रबाट विशिष्ठ व्यक्तिहरू सम्मानित भएका छन् ।