जेसीज युवा राेसनले सुरू गरे चन्द्रागिरिमा ‘मै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान

0
661

काठमाडौं ।थानकोट जेसिज बर्ष २०२० का कानुनी सल्लाहकार (जे.एल.सी ) राेसन दानीले चन्द्रागिरिमा ‘मै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान सञ्चालन गर्ने भएका छन् ।

नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका हुन ।

चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेकाे बताएको छ ।

अभियानलाई अगामी दिनमा कसरी सार्थक र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको थानकोट जेसिजका कानुनी सल्लाहकार राेसन दानीले बताए ।

थानकोट जेसिजका उपाध्यक्ष भुवन गिरीले चन्द्रागिरिमा अत्याधुनिक सुविधा सम्पन्न र पुर्ण प्रविधि युत्त अस्पताल बन्नु गर्वकाे विषय रहेकाे चर्चा गरे ।

प्रारम्भिक छलफलमा चन्द्रागिरि नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, राष्ट्रिय ट्रक यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँ, युवा व्यवसायी तथा समाज सेवी पुर्ण श्रेष्ठ युवा व्यवसायी तथा लेखक माधव प्रसाद अधिकारी युवा व्यवसायी राजेश घिमिरे, , राजन श्रेष्ठ, युवा समाजसेवी, भुवन गिरी, पेशल खतिवडा, अशाेक वुढाथाेकी, सञ्चारकर्मी रोशन दानी, श्यामसुन्दर पुडासैनी लगायतको उपस्थिति थियो ।

सो अवसरमा वडा नं १२ का अध्यक्ष श्रेष्ठले प्रस्तावित ५५ रोपनी जमीन उपयुक्त भएमा सहयोग गर्ने जानकारी दिए ।                                                          चन्द्रागिरि वडा नम्बर ६ का वडा अध्यक्ष सञ्जय सिग्देलले  अस्पताल निर्माण हुन सके चन्द्रागिरिकाे विकासमा महत्त्वपूर्ण र फलदायी कदम हुने र आम जनताकाे स्वास्थ्य प्रतिकाे चासाेलाई सम्वाेधन हुने विश्वास व्यक्त गरे ।

चन्द्रागिरिका नगर प्रबक्ता हरिभक्त महर्जनले एउटा सकारात्मक युवाकाे साेचाईले राष्ट्र निर्माणकार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने हुदा नगरपालिकाकाे तर्फबाट वा अन्य निकायबाट साथ सहयाेग रहने बताए ।

समाजसेवी रामनारायण घिमिरेले नगरभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने अभियानलाई सहयोग गर्न नगरवासीलाई आग्रह गर्दै आफूले सहयोग गर्ने जानकारी दिए ।
उनले भने, “हामी जो जहाँ छौँ, त्यहीँबाट सहयोगी मन लागौँ, असम्भव भन्ने केही छैन ।” महासङ्घका महासचिव बानियाँले अस्पताल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।