नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा दुहबी जेसिजकी बिमला सुवेदी कार्की निर्वाचित

0
797

८ पुष काठमाडौं । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्ष पदका लागि दुहबी जेसिजकि बिमला सुवेदी कार्की निर्वाचित बिजयी भएकी छिन ।

वुधवार देखि रूपन्देहीको भलवारी जेसिजको आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट दुहबी जसिजकि बिमलाले ७ सय ६४ मत सहित बिजयी भएकी हुन्।

विजयी पश्चात् सुवेदीले याे जित सम्पुर्ण जेसिज मनहरूकाे जित भएकाे बताउदै आफुलाई मत दिएर बिजय बनाउन सहयाेग गर्ने सवैलाई धन्यवाद व्यक्त गरिन ।

उनले भनिन,” समाज रूपान्तरणका साथै युवाहरूकाे उर्जावान शक्तिहरूलाई कुशल नेतृत्व र व्यक्तित्वमा परिणत गर्न हामी आएका छाै , जाे समाज राष्ट्र र सकारात्मक साेचका साथ अगाडि वढ्छ त्याे अवश्य सफल हुन्छ अब जेसिजलाई थप उचाइ प्रदान गर्न अावश्यक छ सवैकाे साथ र सहकार्य अावश्यक छ ।

महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भलबारीमा भेला भएका थिए । बुधबार देखि भलबारीमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन उनि राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्। खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए ।                                             

सात अध्यक्ष मध्ये पाँच उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए । यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित हासिल गरे । बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् । नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १००३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमश: अरूण कुमार दाहाल ९९९, भाेजराज चापागाईं ९४८ , शिव प्रसाद भुसाल ६७८ मत सहित विजयी भए ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि मनाेहरा जेसिज रजनी थापा १२३६,कल्पना, पाण्डे कुसुम १०३० ,तरहरा जेसिजका सुनिल तिमल्सिना ८१८,सैनामैना जेसिजका बिमल ज्ञवाली ७६७, दुहबी जेसिज,शारदा नगर जेसिजकी प्रमिशा काफ्ले ७२०, म्याग्दी जेसिजका सुजन बरूवाल ७१८ रजहर जेसिजका राजन गाैतम ७०१, लमजुङ जेसिजकी पायल शर्मा ६७३ , धरान जेसिजका दिपेन्द्र निराैला ६१२, नारायणगढ जेसिजका अनाेज जाेशी ६०२, जनकपुर जेसिजका गाैतम शाहा ५९० विजयी भएका हुन्।