काठमाडौं । गायक बद्री सापकोटाको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । ‘गुन्द्री पराल’ नामको गीतमा सापकोटालाई गायिका पुर्णकला बिसीले साथ दिएकी छन् ।
गाउँले परिवेशमा तयार पारिएको भिडियोमा मायाप्रेमको कुरालाई समेटिएको छ ।
मौलिक संस्कृति बोकेको गीतको भिडियोमा गोरु नारेर दायी गरेको देखाइएको छ । पछिल्लो पुस्तालाई पुरानो संस्कृती दायीको विषयमा जान्ने अवसरको रुपमा पनि भिडियोलाई हेरिएको गायक सापकोटाले बताए ।
त्यस्तै भिडियोमा लोमस शर्मा र आयुस्मा कार्कीको अभिनय रहेको छ भने गीतको निर्देशन स्मृति तिम्लिस्नाले गरेकी हुन् ।
गीतमा शब्द शम्भु सापकोटाको रहेको छ भने गीत आशिष म्युजिकले बजारमा ल्याएको हो ।
हेर्नुहोस भिडियो