जनमुक्ति सेनाको घेरामा विप्लव कपिलवस्तुमा छन्, विप्लव निकट पत्रकारले गरे खुलासा । (भिडियो सहित)

0
867

राज्यले प्रतिबन्ध लगाए पछि भुमिगत अवस्थामा रहेका नेकपाका महासचिव विप्लव कहाँ के गर्दै होलान् भन्ने धेरैको जिज्ञासा रहेको छ । कतिपयले प्रतिबन्ध नै डिजाईनमा भएको तर्क गर्ने गरेको छन् भने कतिपयले शक्ति राष्ट्रको निर्देशनमा विप्लव भूमिगत भएको ब्याख्या गरीरहेका छन् । यस्को वास्तबिकता बिप्लवलाई नै थाहा होला । तर उनि निकटका एक पत्रकार भने छिमेकी चिनको सहयोगमा विप्लव सकृय रहेको दावी गर्छन् । पत्रकार कृश अर्यालको दावी छ नेत्रबिक्रम चन्दको नेतृत्वमा २,३ लाख जनमुक्ति सेना बनिसकेको छ र विप्लव जनमुक्ति सेनाको सुरक्षा घेरामा कपिलवस्तु जिल्लामा सांगठानिक काममा ब्यस्त रहेका छन् । राज्य आतंक र लुट तन्त्र बिरुद्ध कसैसँग सम्झौता नगर्ने बताउँदै प्रदेश १ मा भएको शिक्षकको हत्यामा आफ्नो पार्टीको हात रहेको पनि उनले स्विकार गरेका छन् । पत्रकार अर्यालसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुने छ ।