सेक्स र शाहरुखको पक्षपाती नेहा

0
679
बैकुण्ठ पराजुली काठमाण्डौ सन् २००३ मा बलिउडमा पाईला टेकेकी नायिका नेहा धुपिया पहिलो फिल्म ‘कयामत : सिटी अंडर थ्रेट’ बाट खासै चर्चामा आईनन् । ‍
11935197_1137347359665961_404410701_n
चलचित्ले बिजनेश पनि राम्रो गरेन् । तर दोस्रो चलचित्रबाट उनको चर्चा राम्रै भयो । २००४ मा ‘जुली’ चलचित्रबाट उनको चर्चा बढी भयो, तर चलचित्रको अभिनयको कारण भन्दा पनि उनले दिएको कन्ट्रोभर्सियल प्रतिक्रियाले । बलिउडमा सेक्स र शाहरुख मात्र बिक्ने भन्ने प्रतिक्रया दिएकी उनै नेहाले बिहिबार ३५ बर्ष पुरा भएको जन्मदिनको केक काटिन् । चलचित्र ‘जूली’को प्रमोशन कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएपछी उनको आलोचना पनि ब्यापक भएको थियो । १९८० मा जन्मेकी नेहाले अहिलेसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् । पहिलो पटक नेहाले जय देवगानको गर्लफ्रेण्डको भुमिकामा अभिनय गरेकी थिईन् । मोडलिङ हुँदै बलिउडमा प्रवेश गरेकी नेहा चलचित्रमा खुला रुपमा कामुक दृश्य दिन पनि पछी पर्दिनन् ।