जनताहरूले आवश्यक औल्याए काठमाडौबाटै नेतृत्व लिन तयार छु : युवा नेता दानी

0
831

काठमाडौ २८ । राष्ट्रिय जनमाेर्चाका युवा नेता राेसन दानीले नेपालको अखण्डता र सार्वभौकिताकाे रक्षाका लागि सवै नेपाली एक ठाउँ आउनु पर्ने बताएका छन् ।

राजधानीमा आयाेजित एक कार्यक्रममा सम्वाेधन गर्दै युवा नेता दानीले नेपालको अखण्डता र सार्वभौकितामाथि भारतले पहिलेदेखि नै कब्जा जमाउने गरी गतिविधि सञ्चालन गरिरहेको दावी गरेका हुन् ।

दानीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै गणतत्त्र धर्मनिरेपेक्षता र बहुदलीय व्यवस्था सिध्याउने गरी विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको बताए ।

नेपालमा जवरजस्त एमसीसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको उनकाे आराेप छ ।

उनलेे भन्ने अहिलेकाे ‘विद्यमान ब्यवस्थाबाट जनताका आधारभुत समस्याहरु समाधान नहुने’ निश्चित छ ।”

नेता दानीले दलहरू प्रति लक्षित गर्दै वर्तमान सरकारले देश अनिर्णयको बन्दी बनाएकाे बताउदै शासन व्यक्तिको नभई विधिकाे हुनु पर्नेमा जाेड दिए । आबश्यक परे जनताकाे भावना जित्दै विकास,समृद्धि र स्ताईत्वका लागि नेतृत्व लिन पछि पर्दिन उनले भने । दानी चन्द्रागिरि नगरपालिकामा बाट उपमेेयरका उप विजेता समेत हुन ।