१६ गते देखि राजधानीमा यातायातका साधन बन्द,लकडाउन गर्ने जिम्मा मन्त्री परिषद्लाई ।

0
738

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । स्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको हो । मन्त्रिपरिषद्को बैठक आजै साँझ ५ बजे बस्दैछ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठकले पहाडी तथा हिमाली क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गर्न सक्नेगरी निर्णय गरेको थियो ।
उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमित ५०० माथि रहेका छन् भने कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । तर सीसीएमसीले जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न हिच्किचाएका हुन् । काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने सीडीओहरूको भनाइ छ ।