गरिवका लागि सुरु भयो निशुल्क एम्बुलेन्स सेवा,पुर्व आईजिपी खनालले गरे शुभारम्भ । भिडियो सहित ।

0
1052

आजबाट राजधानीमा निशुल्क एम्बुलेन्स सेवा शुभारम्भ भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनालले औपचारीक रुपमा सुरुवात गर्नु भएको हो । ऊँ समाज अस्पतालसँगको सहकार्यमा कलाकार तथा अभियन्ताको सहयोगमा निशुल्क एम्बुलेन्स सेवा सुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै पुर्व आईजिपी खनालले घरमा अक्सिजनको सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै त्यस्तो कार्य निरुत्साहित गर्नु पर्नेमा जोड दिनु भयो । अस्पतालमा भएका विरामीले अक्सिजन नपाएको तर घर घरमा स्टोर गरिएको भन्दै राज्यलाई एक्सन लिन उहाँदे सुझाव दिनु भयो । अभिनेता निखिल उप्रेतीले राज्य निस्प्रभावी बन्दै गएकाले आफुहरु नागरिकको सेवामा उत्रिनु परेको बताउनु भयो । उहाँले यो एम्बुलेन्सको दुरुपयोग नगर्न अपिल गर्नु भयो । कार्यक्रममा हामो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले सत्ताको सौदावाजी छाडेर कोभिड बिरुद्धको लडाईमा एक हुन नेताहरुलाई सन्देश दिनु भयो । कलाकार केदार प्रसाद घिमिरेले राज्यको भर पर्नु भन्दा जनता आफै सजग हुनु पर्नेमा जोड दिनु भयो । गरिव तथा विपन्न परिवा केन्द्रित एम्बुलेन्स सेवा लिनका लागि ९८५१२७७३४२,९८५१२३९३४२,९८५१२१२४१७ मा फोन गरि मागिएको विवरण बुझाए पछि एम्बुलेन्स घरमै आउने छ ।