चीनमा बाढिले १२ को मृत्यु

0
496

११ भदौ । दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा पहिरोमा परी करिब एक हप्ता अगाडिदेखि बेपत्ता भएका १२ व्यक्तिको शव फेला परेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
युनान प्रान्तको पुनिङ्ग जिल्लामा गत अगस्त २२ मा गएको पहिरोमा परी ती व्यक्ति पुरिएका थिए ।

सोही बेला पहिरो प्रभावित इलाकामा रहेका घरहरुमा स्थानीय अधिकारीहरुले गरेको भ्रमणमा १२ व्यक्ति बेपत्ता रहेका जनाएका थिए ।

बेपत्ता व्यक्तिको उद्धारकार्यको लागि २०० भन्दा बढी उद्धारकर्ता खटिरहेका छन् ।