सामाजिक अभियन्ता कार्कीले आइसोलेसनको लागि १८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

0
1526

काठमाडौं ३१ बैशाख । सामाजिक अभियन्ता उत्तम कार्कीले अक्सिजनकाे अभाव भईरहेकाे समयमा चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ को आइसोलेसनको लागि अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।   

चन्द्रागिरिमा जेठ १ गते देखि सञ्चालन अाउने मातातिर्थ अस्पतालका लागि कार्कीले संकलन गरिएकाे १८ वटा अक्सिजन सिलिन्डर प्रदान गरेकाे चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्ताेस खड्काले जानकारी दिए ।

सामाजिक अभियन्ता कार्कीले कोरोनासँग लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ को आइसोलेसनको लागि विभिन्न स्थानहरू, उद्योग धन्दा कलकारखानामा गएर सिलिन्डर संकलन गर्ने काममा सकृय हुँदै जाने बताए । 

उनले भन्ने,”मैले आफ्नाे व्यक्तगत रकम वाट अावश्यक अक्सिमिटर समेत खरिद गरि दिने भएकाे छु ।

कार्कीकै सहयाेग र सहकार्यबाट क्यासिटेक ईन्टरनेट संग समन्वयात्मक भुमिकामा निशुल्क ईन्टरनेट जडान समेत गरिएकाे छ ।