भोकालाई भोजन गराउँदै युट्युव पत्रकार संघ ।

0
973

युट्युव पत्रकार संघले बिगत ५ दिन देखी राजधानीको गंगाहल बालाजुमा सडक मानवकालागि भोजन वितरण गर्दै आएको छ । विदेशमा रहनु भएका दाता र आफ्नै स्रोतबाट युट्युव पत्रकार संघले कुनै पनि नागरिक भोकले मर्न नपरोस् भन्ने अभिप्रायका साथ खाना वितरण सुरु गरेको संघका अध्यक्ष प्रकाश चन्द्र दाहालले जानकारी दिनु भयो । खाना वितरण कार्यक्रममका संयोजक मिलन सिंहले आफुहरु समाचार र भिडियोको पछाडी मात्रै नरहेको बताउँदै आफ्नो सामाजिक उत्तर दायित्व पुरा गर्ने उद्देश्यले निषेधआज्ञा अवधिभर खाना वितरण गरिने बताउनु भएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको अनुमतिमा राजधानी वैंक्वेटसँगको संयोजनमा खाना वितरणको काम ब्यबस्थित ढंगबाट भैरहेको उपाध्यक्ष भोजराज थापाले जानकारी दिनु भयो ।