गण्डकी प्रदेशमा भोली देखि निःशुल्क एम्वुलेन्स सेवा सुरु हुँदै ।

0
870

राजधानी काठमाण्डौमा निशुल्क एम्व्लेन्स सेवा सञ्चालन गर्दै आएको समुहले भोली जेठ ११ गते देखि गण्डकी प्रदेशमा पनि निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्ने निर्णय गरेको छ । ऊँ समाज डेण्टल अस्पतालमा आज आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । गण्डकी प्रदेशको पोखरामा भोलीबाट सुरु हुने अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा लिनका लागि ९८५१३१२४१७ मा सम्पर्क गर्न पनि अभियानले अपिल गरेको छ । नेपाल प्रहरीका पुर्व महानिरिक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा सुरु भएको अभियानबाट हाल सम्म राजधानीमा २७ सय ३७ जनालाई निःशुल्क परामर्श प्रदान गरेको छ भने ७३७ जनालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरीसकेको छ । राजधानीका चन्द्रागिरि,टोखा, र गोकर्णेश्वर नगरपालिका सँगको सहकार्यमा राजधानीमा मात्रै १३ वटा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा रहेको अभियानका प्रवक्ता तथा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै अभियानका संयोजक खनालले देशलाई दुखेको बेला नागरिकको पिडालाई आत्मसाथ गर्दै नागरिकको दायित्व पुरा गर्ने भावनाले यो अभियानको थालनी गरिएको जानकारी दिनु भयो । यो स्वास्थ्य संकटका बेला आफु पनि सुरक्षित रहेर सबै क्षेत्रका ब्यक्तिहरुको सहभागीतामा आर्थिक रुपले विपन्न समुदायलाई उपचार दिने वाताबरण बनाउन खोजेको जानकारी दिनु भयो । अहिलेको समयमा राज्यलाई सघाउने उद्धेश्यले यो अभियान थालिएको बताउँदै गण्डकी प्रदेशबाट धेरै माग आएकाले भोलीबाट गण्डकी प्रदेशमा सेवा सुरु गर्न लागेको उहाँको भनाई थियो । उक्त अभियानमा चिकित्सक,कलाकार,अभियन्ता,पाईलट,शिक्षासेवी लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको संलग्नता रहेको छ ।