११ वटा अस्पताललाई नेप्लिज अमेरिकन नर्सिङ एसोसिएशनले दियो १६ हजार थान N95 मास्क ।

0
1404
Nana

नेप्लिज अमेरिकन नर्सिङ एसोसिएशन (नाना)ले स्वास्थ्कर्मीहरुका लागि अत्यावश्यक १६ हजार ५ सय पिस एन ९५ मास्क सरकारी तथा निजी अस्पताललाई हस्तान्तरण गरेको छ । अमेरिकाको बिभिन्न राज्यका अस्पतालहरुमा कार्यरत नर्सहरुको छाता संगठनको रुपमा सन २०१२ मा स्थापन भएको नानाले नेपालमा आई परेका संकट समाधान गर्न सुरुवात देखि नै सहयोगी भुमिका खेल्दै आएको छ । सन २०१५ मा आएको विनासकारी भुकम्पको समयमा पनि नानाले रु ३१ लाख बरारबको आपत्कालिन सहयोग सामाग्री संकलन गरि हस्तान्तरण गरेको थियो ।
कोभिड १९ को दोस्रो लहरबाट फ्रन्ट लाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि एन ९५ मास्क अभाव भएको जानकारीका आधारमा नानाले अमेरिकाको बिभिन्न स्थानमा डोनेसन संकलन गरि पहिलो चरणमा १६ हजार ५ सय पिस मास्क देश भरका ११ वटा अस्पतालहरुलाई हस्तान्तरण गरेको हो । नानाका अध्यक्ष पुर्ण देवि महर्जनले जन्म भुमिलाई दुख्दा हेरेर बस्न नसकिने भन्दै जस्तो सुकै संकटमा पनि आफ्नो क्षमताले भ्याए सम्मको सहयोग गर्ने बताउनु भयो । ११ वटै अस्पतालमा नानाका पदाधिकारी आफै सामान बोकेर पुगेका थिए । अमेरिकाबाट आएको नानाको प्रतिनिधिमण्डलमा अध्यक्ष महर्जन सहित आजिवन सदस्य सारिका थापा लगायतको टोलीले विर अस्पताल,टिचिङ अस्पताल,मनमोहन कार्डियोलोजि सेन्टर,ट्रमा सेन्टर,शुक्रराज ट्रपिकल अस्पताल टेकु,जनमैति अस्पताल,सिभिल अस्पताल,पाटन अस्पताल,धुलिखेल अस्पताल,कपिलवस्तु अस्पताल र नेपालगञ्ज अस्पताललाई मास्क हस्तान्तरण गरेको हो ।
नानाको सहयोग बुझ्दै राष्ट्रिय ट्रमा सेन्टरका निमित्त प्रमुख डा सन्तोष पौडेलले अमेरिकामा सकृय नर्सहरुको सहयोगले चिकित्सकहरुलाई अत्यन्तै सहयोग गर्ने बताउँदै नानलाई आभार प्रकट गर्नु भयो । सिभिल अस्पतालका निर्देशक प्रा डा बिद्यान निधी पौडेलले आफुहरुसँग केही समयका लागि मास्क स्टक भए पनि नानाले दिएको मास्ले अझ धेरै बल प्रदान गरेको भन्दै नानाको टिमलाई आभार ब्यक्त गर्नु भएको थियो । त्यस्तै मनमोहान कार्डियो सेन्टरका वरिष्ट सर्जन डा भगवान कोइरालाले बिदशी भुमिमा बसेर नेपालमा संकट पर्दा नर्सहरुले निर्वाह गरेको भुमिका प्रसंसनिय भएको बताउनु भयो । २ हजार पिस मास्क बुझ्दै टेकु अस्पतालका निर्देशक डा सागर कुमार राज भण्डारीले कोभिडका बिरामीको पहिलो रोजाईमा पर्ने गरेको अस्पताललाई महत्वपुर्ण सहयोग गरेकोमा नाना लाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

नानामा हाल अमेरिकामा सकृय २ सय नर्सहरु सदस्य रहेका छन् भने उनिहरुले कामको समय मिलाएर नेपाललाई सहयोग जुटाउन लागि परेका छन् । नानाले नेपालमा थप सहयोग गर्ने तयारी समेत गरिरहेको जनाएको छ ।