१० करोडको अक्सिजन बोकेर ज्ञानेन्द्र शाही ४ प्रदेश निष्किए,यस्तो छ कार्यतालिका ।

0
3074

हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख युवा अभियन्ता ज्ञानेन्द्र शाही १० करोड बराबरको अक्सिजन लगायत स्वास्थ्य सामाग्री लिएर दुर दराजका जिल्लामा निष्किएका छन् । राज्य र दाताहरुको सहयोगको केन्द्र राजधानी मात्रै भएको भन्दै दुर दराजका जनता बचाउन आफुहरु देश दौडाहमा निकिएको ज्ञानेन्द्रले बताएका छन् । प्रदेश नं. ४,५,६ र ७ मा २५० वटा अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन लिएर शाहीको टोली निष्कििएका छन् । एउटा मेसिनबाट एकै पटक ८ जनालाई अक्सिजन दिन सक्ने २५० वटा मेसिन लिएर ४ वटा प्रदेशको भ्रमणमा निष्किएको शाहीले बताएका छन् । बोधी सत्व बिहारले उपलब्ध गराएको अक्सिजन उत्पादन गर्ने मेसिन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर शाहीको टोली देश दौडाहमा निस्किएको हो । प्रदेश १ र २ मा पनि सहयोग लिएर शाहीको टोली दोस्रो चरणमा जाने उनले बताए । ६ वटा प्रदेशमा गरेर जम्मा ७२० वटा अक्सिजन उत्पादन गर्ने मेसिन वितरण गर्ने तयारी भएको शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

यस्तो छ ज्ञानेन्द्रको देश दौडाहको कार्य तालिका :

२१ गते चितवन र नवलपरासी पुगेर सहयोग हस्तान्त्तरण गर्ने योजना छ भने २२ गते लुम्बिनिमा सहयोग हस्तान्तरण गरिने र २२ गते साँझ नै गुल्मी पुगीने उनले बताए । टोली २३ गते दाङ र बाँकेको कोहलपुर पुग्ने छ भने २४ गते सुर्खेत जाजरकोट दैलेख लगायतका जिल्लाका स्वस्थ्य सामाग्री हस्तान्तरण गरेर २४ गते कालिकोटको बिकट स्थानमा पुग्ने शाहीले बताए । शाहीको टोली २५ गते जुम्ला पुग्ने छ । निसुल्क वितरण गरिएको मेसिनको प्रयोग निशुल्क हुनु पर्ने शाहीले बताए । २६ गते मुगुको रारा पुग्ने र त्यस आसपासका हुम्ला र डोल्पाका नागरिकलाई मुगुबाटै सहयोग हस्तान्तरण गरिने कार्यतालिका रहेको छ । २८ गते सुर्खेतबाटै दैलेख र अछामका नागरिक र स्वास्थ्यकर्मीलाई सहयोग हस्तान्तरण गर्ने शाहीले जानकारी दिए । २९ गते महेन्द्रनगर कैलाली आसपासका जिल्लालाई सहयोग हस्तान्तरण गरिने तालिका छ । जेठ ३० गते देखि असार ६ गते सम्म दार्चुला,बैतडी, डोटी,बाजुरा,बझाङ लगायतका बिकट पहाडी जिल्लाहरुमा सहयोग हस्तान्तरण गरि असार ७ गते राजधानी फर्कने शाहीको तालिका रहेको छ ।
तोकिएका जिल्लामा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री चाहिएमा निम्न नम्बरहरुमा सम्पर्क गर्न पनि शाहीले अपिल गरेका छन् ।
९८६०३१११८०,९८४३०१९८४१ सिता आचार्य ९८६१२०१८२३ तिलक बस्नेत ।