टीकापुरलाई सहज बनाउन पहल
भाद्र ११, २०७२- गत सोमबार भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिीलाई मत्थर पार्न शुक्रबार छलफल भएको छ । लामो समयको सकसलाई चिर्न उक्त छलफल गरिएको हो ।
रष्टिय मानव अधिकारका अध्यक्ष सुदिप पाठक, ईलाका प्रशासन कार्यालयका सुमन धिताल, उद्योग बाणिज्य संघका महासचिव धुब्र खत्री, संघका पुर्ब अध्यक्ष राजकुमार हमाल, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरुबीच शान्ति सदभाव कायमका लागि प्रयास गर्न छलफल भएको हो ।
ईलाका प्रशासन कार्यालयका प्रमुख धितालले लामो समयदेखिको कष्टकर जीवनलाई समान्य बनाउन सबै पक्षसंग अपील गर्ने बताए ।
प्रकाशित: भाद्र ११, २०७२