ज्ञानेन्द्र शाहीले सुरु गरे नो भ्याक्सीन नो भोट आन्दोलन ।

0
4042

हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक तथा युवा अभियन्ता ज्ञानेन्द्र शाहीले नो भ्याक्सीन नो भोट आन्दोलन सुरु गरेका छन् । जनता रोगले मरिरहेको बेला नेताहरु भ्याक्सीनको ब्यबस्था मिलाउन भन्दा कुर्सी मिलाउन लागेको भन्दै सरकारलाई दवाव दिन नयाँ आन्दोलनको थालीन गरेको बताएका छन् । यति बेला प्रधानमन्त्री के पी ओली सरकार विस्तारमा लागेको तर जनता बचाउने कार्यलाई चासो नदिएको बताउँदै शाहीले १० करोड भन्दा धेरैको स्वास्थ्य सामाग्री लिएर देश दौडाहमा लागेका छन् । जनता बचाउन अक्सिजन मेसिन लिएर कर्णाली र सुदुर पश्चिम प्रदेश हिंडेका शाहीले स्वस्थ्य सामाग्री हस्तान्तरण गर्दा नो भ्याक्सीन नो भोटको आन्दोलनमा सहभागी हुन नागरिकलाई अपिल गरेका छन् । शाहीको आन्दोलनलाई सामाजिक सञ्जालमा ब्यापक समर्थन पाएको छ ।