राजेन्द्र महतोलाई कारबाही गर्न अभियन्ताहरुको अपिल,ज्ञानेन्द्र,हेमराज र ज्वालाले लेखे यस्तो स्टाटस ।

0
1131

ओली सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाईलाई लिएर सामाजिक सञ्जालमा ब्यापक बिरोध भएको छ । सामाजिक सञ्जालमा रुचाइएका पात्रहरु अभियन्ता ज्ञानेन्द्र शाही, हेमराज थापा र ज्वाला संग्रौला लगायतका देश प्रेमी युवाहरुले उपप्रधानमन्त्री महतोलाई देश निकाला गर्ने सम्मको कारबाही गर्न माग गरेका छन् । अभियन्ता ज्ञानेन्द्र शाहीले फेसबुकमा लेखेका छन् उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाई राष्ट्रघाती छ सबैले बिरोध गरौ भनेका छन् ।

त्यसै गरी बिद्यार्थी तथा स्पष्ट वक्ता हेमराज थापाले संबिधान जलाउने राजेन्द्र महतो नेपाली होइनन् भारतीय हुन् उनको नागरिकता छानविन होस् प्रधानमन्त्री ओली लेण्डुप दोर्जे हुन यिनीहरुलाई लखट्नु पर्छ लेखेका छन् ।
उता ससक्त महिला अभियन्ता ज्वाला संग्रौलाले महाकाली बेच्ने के पी ओली राष्ट्रघाती हुन् उनकै मन्त्री मण्डलमा सहभागी राजेन्द्र महतोले त्यसलाई पुष्टि गरिरहेको छ भन्दै चर्को बिरोध गरेकी छिन् । अभियन्ताहरुले मात्रै होइन सामाजिक सञ्जालमा महतोलाई कारबाही गर्न चौतफी दवाब आएको छ ।
यसरी जनताको आवाज उठाउँदै आएकाहरुले उपप्रधानमन्त्री महतोको भनाईको बिरोध गरे पछि सोसल मिडिया महतोका भनाईको खिलाफमा देखिएको छ । सोसल मिडियाले भनिरहेको छ ओली सच्चा राष्ट्रवादी हुन् भने उनले महतोलाई तत्काल कारबाही गर्नु पर्छ । हेरौ प्रधानमन्त्रीले कस्तो निणर्य लिने हुन् ।