ज्ञानेन्द्र शाही माथि सुर्खेतमा आक्रमण, घटनामा संलग्न ५ पक्राउ । (भिडियो सहित)

0
7336

अभियन्ता ज्ञानेन्द्र शाही माथि सुर्खेतमा आक्रमण भएको छ । राती १० बजे पछि भएको घटनामा ज्ञानेन्द्रका सवारी चालक कृष्ण पाण्डे र सहयोगी राजेश महतको टाउको फुटेको छ । घाईतेहरुको सुर्खेत स्थित प्रादेशीक अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ताडिएसपी राम प्रसाद घर्तीले नेपाल पुकारलाई जानकारी दिनु भयो । सुर्खेतको करखोलामा भएको घटनामा संलग्न भएका ५ जना प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्तासँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुने छ ।