दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर घर भएका रमेश बिक राजधानीको मेडी सिटी अस्पतालमा उपचाररत छन् । गत चैत २ गते अस्पताल भर्ना भएका रमेशको अवस्था दिन प्रतिदिन बिग्रदै गएको छ । हाल सम्म परिवारले उनको उपचारको लागि १७ लाख भन्दा माथि भुक्तानी गरि सकेको छ तर सुधार भएको छैन । अस्पताल भर्ना गरे पछि मेडीसिटीले भनेको थियो उपचारमा ६,७ लाख खर्च लाग्छ । तर १७ लाख भन्दा धेरै भुक्तानी गसिसक्दा पनि मेरो श्रीमान्को सुधार हुन सकेन भन्छीन् रमेशकी श्रीमती वर्षा बि क । भारतमा काम गर्दै आएका रमेश २०७७ पुसमा घर आएका थिए । त्यस पछि टाउको दुख्न थाले पछि उपचारका लागि काठमाण्डौ आएका थिए । करिव ३ महिनाको उपचार खर्च अहिले ३० लाख पुगेको छ तर अस्पताललाई तिर्न बाँकी रहेको १२ लाख हाराहारीको रकम तिर्न रमेशको परिवारसँग कुनै उपाय छैन । पैसा नतिर्दा सम्म अस्तपालले बिरामी नछाड्ने भए पछि रमेशकी श्रीमती बर्षाको बिचल्ली भएको छ ।
बिचल्ली अवस्थामा पुगेकी बर्षालाई साथ दिन यतिबेला लायन्स् क्लव अफ काठमाण्डौ न्यु वेभ्स लागि परेको छ । क्लवका प्रेसिडेन्ट तथा नायक सञ्जय खतिवडाको संयोजकत्वमा अस्पताल ब्यबस्थापनसँग छलफल भैरहेको छ । अस्पतालले न्युनतम रकम भुक्तानी गर्न सर्त राखे पछि न्यु वेभ्सले ३ लाख रुपैयाँको प्रतिवद्धता जनाएको छ । त्यस पछि मात्रै अस्पताल विरामी डिस्चार्ज गर्न सकारात्मक भएको खतिवडाको भनाई छ । खतिवडाले अस्पतालले मानविय दायित्व पुरा नगरेको र पैसा मात्रै हेरेको भन्दै यस्लाई भ्रष्ट्राचारी लुक्ने थलोको रुपमा घोषणा गर्न चेतावनी दिए । राज्यकै कारण अस्पतालहरुमा यस्ता किसिमका बिकृती फैलिएको उहाँको भनाई छ । खतिवडा बन्दै गरेको नयाँ सिनेमा आँधी तुफन २ का नायक पनि हुन् । रमेशको परिवारसँग लायन्स् क्लव अफ काठमाण्डौ दर्शनका उपाध्यक्ष प्रतिभा सिंहले समन्वय गर्दै आएकी छिन् । अस्पतालका प्रवक्ता डा राजका अनुसार आफुहरुले रमेशको सक्दो उपचार गरेको र पैसाको कुरा विलिङ शाखामा गर्नु पर्ने जवाफ दिए ।
अस्पतालको दबाबबाट विरक्तिएकी वर्षा भन्छिन्, ‘यो देशमा गरिबलाई बिरामी हुने पनि छुट रहेनछ। हुन्थ्यो भने यसरी उपचार गराउन नसकेकै कारण मेरा पतिलाई घर फर्काउनुपर्ने बाध्यता हुने थिएन। मेरा पति अस्पतालमा बन्धकजस्तै भएर बस्नुपर्ने थिएन।