चितवनको चेपाङवस्तीमा खाध्यान्न अभाव,राहत लिएर पुग्यो युट्युव पत्रकार संघ ।(भिडियो सहित)

0
996

चितवन जिल्लाकाको कालिका नगरपालिका वडा नम्बर ८को अरिङगालेमा बसोबास गर्ने ७१ घर चेपाङ परिवार खाध्यान्न अभावमा रहेको समाचार आए पछि नेपाल युट्युव पत्रकार संघ खाध्यान्न लिएर चेपाङवस्ती पुगेको छ । चेपाङवस्ती पुगेका संघका अध्यक्ष प्रकाश चन्दै दाहालले निशुल्क भोजन वितरणबाट बाँकी रहेको चामल र पत्रकार ऋषि धमलाबाट उपलब्ध १० बोरा त्यसैगरी दोहोरी गायक अलिफ खानबाट उपलब्ध खाध्यान्न लिएर चेपाङवस्ती आएको जानकारी दिनु भयो । त्यस्तै संघले चितवनको ईच्छा कामना गाऊँ पालिकामा रहेका ५१ चेपाङ परिवारलाई पनि राहत हस्तान्तरण गरेको छ । दुवै स्थानमा गरि कुल १२२ परिवारलाई राहत हस्तान्तरण गरिएको संघका सचिव मिलन सिंहले जानकारी दिनु भयो ।
राज्यलाई सघाउने अभियानमा देशभरका युट्युव पत्रकारहरुको सकृयता रहेको बताउँदै संघ उपाध्यक्ष भोजराज थापाले आफुहरु छिट्टै सिन्धुपाल्चोकको हेलम्बुका बाढी पिडीतलाई जस्ता पाता लिएर जाने तयारीमा रहेको जानकारी दिनु भयो । युट्युव पत्रकारीता गर्ने केही खराव ब्यक्तिका कारण समग्र युट्युव पत्रकारलाई खराव नजरले हेर्न थालिएकोमा संघले सुधारको अभियान चलाउदै आएको छ ।