बिद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला,प्रहरी र आन्दोलकारी बिच धक्का मुक्की । भिडियो सहित ।

0
648

विपक्षी गठबन्धनको विद्यार्थी संगठनहरुले आज काठमाडौंको भृकुटीमण्डपमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।
त्यस क्रममा प्रहरीले पुत्ला खोसेर निभाएको थियो । त्यस क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको छ ।