राष्ट्रिय फुटवल टिमका २० जनामा कोरोना संक्रमण,बन्द प्रशिक्षण स्थगित ।

0
646

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ ।

एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने ।