अपहरणमा परेकी सुजिता भण्डारीको शव भेटियो, आन्दोलनको तयारीमा स्थानिय ।

0
1418

बिगत १० दिन हराईरहेकी चितवनकी २३ बर्षीय सुजिता भण्डारी मृत अवस्थामा भेटिएकी छिन् । भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।
असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी सुजिता भण्डारीको शव जंगलको झाडीमा भेटिएको हो । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
परिवारका सदस्यले अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले पनि आफ्नो सम्पुर्ण शक्ति लगाएर अनुसन्धान गरिरहेको थियो । एकाएक सुजिताको लाश भेटिए पछि प्रहरी नै चकित परेको छ ।
सविताको शब अहिले पनि घटना स्थलमै रहेको छ भने फरेन्सिक डा र तालिम प्राप्त कुकुर सहित थप अनुसन्धान गरेर मात्रै शव उठाउने प्रहरीले बताएको छ ।