जसपामा पहिरो,ठाकुर पक्षका ४ सांसद उपेन्द्र पक्षमा प्रवेश,ओली ठाकुर बिच गम्भिर छलफल ।

0
197

जनता समाजवादी पार्टीका चार सांसदले कित्ता परिर्वतन गरेका छन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनस्र्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका हुन् ।
पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको अनौपचारीक बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । उनीहरुले अरु पनि आउने दाबी गरेको जसपाका एक नेताले जानकारी दिए । यादव र ठाकुर पक्ष बिच सांसद तानातान सुरु भए पछि ४ सांसदले यादव पक्ष प्रवेश गरे पछि ठाकुर पक्षलाई सांसद जोगाउन कठिन परेको छ ।

ठाकुर ओली भेटवार्ता ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले बताए ।‘प्रधानमन्त्री भएको बेला भेट भइरहन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि कसैको पनि भेट भएको थिएन । त्यसैले के छ हालखबर पनि बुझौं भनेर गएका हौं, भेटमा सहभागी नेता अनिल झाले बताए ।

यो पनि पढ्नुहोस्