गत जेठ २९ गते राती सुरखेतको करेखोलामा भएको घटनामा हाम्रो नेपाल हामी नेपालीका प्रमुख संयोजक ज्ञानेन्द्र शाही लगायतका समुहले मादक पदार्थ सेवन गरेको भनी बिभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति शाहीको समुहले आपत्ति जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले सुर्खेत स्थित क्षेत्रीय अस्पतालले दिएको रिर्पोट सार्वजनिक गर्दै शाहीले आफुलाई फसाउन पार्टीका कार्यकर्ता र केही पत्रकार लागेको आरोप लगाएका छन् । चेक बाउन्सको आरोपबारे शाहीले आफुले कुनै समय साथीलाई पठाएको चेकको फोटो यो समयमा सार्वजनिक भएको बताउँदै आफुलाई सिध्याउन चौतफी घेरावन्दी गरिएको बताएका छन् ।
नेपाल युट्युव पत्रकार संघको नयाँ शाखा दाङमा नेपाल युट्युव पत्रकार संघको नयाँ शाखा दाङमा स्थापना भएको छ । दाङमा बसेर युट्युव सञ्चालन गर्दै आएका सकृय पत्रकारहरुको भेलाले क्लासिक मिडियाका संचालक सुजल जिएमको अध्यक्षतामा १३ सदसीय यूट्युव पत्रकार संघ जिल्ला शखा दाङ गठन गरेको हो । संघका केन्द्रिय उपाध्यक्ष भोजराज थापाको उपस्थिती र अध्यक्ष प्रकाश चन्द्र दाहालको भर्चुअल उपस्थितीमा भएको भेलामा युट्युव पत्रकारीताका चुनौती र समाधानमा संघले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल समेत भएको थियो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युट्युव पत्रकारीता गर्दा पत्रकार महासंघले जारी गरेको आचार संहिता पालन गर्नु पर्नेमा जोड दिएका थिए । सम्बोधन गर्दै उपाध्यक्ष थापाले युट्युव पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउने काम हाम्रै भएको बताउँदै नयाँ प्लेटफर्मको दुरुपयोग हुन नदिन सबैमा अपिल गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ लुम्बिनि प्रदेशका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा कैलाश घर्तिमगर, सचिवमा सुदन थापा, सह सचिवमा हेमराज परिवर्तन, कोषाध्यक्षमा किसन ओली चयन हुनुभएको छ ।
सर्वसहमतिले चयन भएको समितिको सदस्यहरुमा राम प्रसाद् भुषाल, हिमाल महरा, राज रावत , हरी मगर, लालसुर बिष्ट,निता पुन, भेग बहादर थापा र वावुराम डाँगि रहनुभएको छ ।