ला लिगा फुटबलमा भिल्लारियल विजयी

0
509
स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी

भदौ १२ – स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी भएको छ । ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा भिल्लारियलले स्पानियोललाई ३–१ ले हराएको हो । खेलमा सुरुवाती अग्रता स्पानियोलले लिएको भएपनि नतिजा भने भिल्लारियलको पक्षमा गयो । पाँचौं मिनेटमा फेलिपे काइसेडोले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको स्पानियोल दोस्रो हाफमा सम्हालिन सकेन । ६७ औं मिनेटमा रोबर्ट सोल्डाडोले भिल्लारियलका लागि बराबरी गोल गरे । सेड्रिक बाकाम्बुले ८७ औं मिनेटमा गोल गर्दै भिल्लारियललाई २–१ को अग्रता दिए । इन्जिुरी समयमा बाकाम्बुले व्यक्तितग दोस्रो गोल गर्दै भिल्लारियललाई ३–१ को जित दिलए । जितपछि भिल्लारियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको दुई खेलबाट चार अंक भएको छ ।