महेश वस्नेतको भुमिका टोले गुण्डाको जस्तै भयो : अनेरास्ववियु अध्यक्ष पराजुली ।

0
1679

माधव नेपाल निकट अनेरास्वबियुका अध्यक्ष सुदेश पराजुलीले युवासंघको बाँदर जुलुसले ओली प्रवृत्तिको भण्डाफोर गरेको बताएका छन् । नेपाल पुकार डट कमसँगको कुराकानीमा पराजुलीले युवासंघले आफ्नो वास्तविकता जनसमक्ष ल्याएकोमा धन्यवाद समेत दिएका छन् । उनले सांसद तथा युवा संघका इन्चार्ज महेश बस्नेतको भुमिका टोले गुण्डाको जस्तै भएको भन्दै चर्को आलोचना गरे । आम नागरिकले बस्नेतलाई राम्रो नेता भएको हेर्न चाहेको तर बस्नेत टोले गुण्डाको शैलीबाट माथि उठ्न नसकेको उनले दोहोर्याए ।

अध्यक्ष पराजुलीले ठुला नेताको झगडाले पार्टी र युवाहरुको भविष्य अन्यौलमा परेको बताउँदै ओलीका कारण पार्टी विखण्डनको मोडमा पुगेको आरोप लगाए । युवासंघले माधव नेपालको पुत्ला जलाँउदा हेरेर बस्ने अखिल फोर्सको आवश्यकता किन ? भन्ने प्रश्नमा उनले आफुहरु बिधि बिधान नियम कानुन भित्र बसेर काम गर्ने बताउँदै उद्धण्ड युवाहरुको गतिबिधिले नागरिकलाई लज्जित बनाएको धारणा राखेका छन् । अनेरास्ववियुका अध्यक्ष पराजुलीसँग नेपाल पुकार डटकमका प्रतिनिधी प्रकाश चन्द्र दाहालले गर्नु भएको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।