बल्खुमा ट्राफिककाे नयाँ भवन ट्राफिक प्रमुख भट्टराईले गरे शिलान्यास

0
864

९ साउन काठमाडौ । महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुकाे भवन शिलान्यास गरिएकाे छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खु १४ हाइटमा ट्राफिक
काे नयाँ भवनकाे ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले शनिबार भवनको शिलन्यास गरेका हुन् ।   ट्राफिक प्रहरीकाे कामकाज सहज बनाउनकाे लागि कुमारी क्लबकाे संयाेजनमा र स्थानीयकाे सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको छ ।

शिलान्यास कार्यक्रममा बाेल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए । स्थानीयले गरेको याे सहयोग नागरिक प्रहरी सम्बन्धकाे एउटा गतिलो उदाहरण समेत भएको भट्टराईले बताए । उनले भने,”समाजमा प्रहरीले गरेकाे याेगदान र माया स्वरूप हामीले भवन प्राप्त गर्दै छाै । समाज प्रति झन उतरदायी र समाज प्रति झन सशक्त रूपमा अगाडि वढ्न र नागरिकले गरेकाे माया सद्भावनाले ठुलाे उत्प्रेरित गरेकाे छ ।”

भवन निर्माणमा खटिने सवैलाई महाशाखा प्रमुख भट्टराईले
धन्यवाद व्यक्त गरे ।

सडक दुर्घटना न्यूनीकरण देखि सामाजिक अपराधहरु न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्त्वपूर्ण भएको समेत भट्टराईले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको र नागरिकको यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरी तत्लिन भएको उनको भनाइ छ । ।

हाल भइरहेको बल्खुमा कक्ष साँघुरो भएकाले क्षमता विस्तारका लागि भवन निर्माण गर्न लागिएको हो ।ट्राफिक अनुसार प्रहरी कार्यालयमा पनि पर्याप्त भौतिक संरचना अभाव छ ।

भवन निर्माण कमिट अध्यक्ष ,माेहन कुमार बस्नेतले समज प्रहरी दुवैकाे सहकार्यबाट समाजमा सव्य र समृद्धि र शान्ति सुरक्षा काय हुने बताए । उनलेे भने, “जहा प्रहरी हुन्छ त्यहाँ शान्ति सुरक्षा हुन्छ भन्ने कुरा हामीले खण्डन गर्दै अाईरहेकाे छाै” ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि , १४ नम्बर वडा सदस्य तथा कार्यापालिका सदस्य रश्मि खड्का ,कालिमाटी बृत्त प्रमुख अपिलराज बाेहाेरा समाज सेवी तथा युवा नेता दिपेन्द्र केसी ,विषेश सल्लाहकार नानू माया बास्ताेला,कलंकीका ट्राफिक इन्चार्ज शंकर खड्का , लगाएतकाे सहभागीता रहेको थियोे ।

ट्राफिक प्रहरी सई मिलन सिंहको पहल र क्लबका अध्यक्ष नहकुल हमाल ठकुरीकाे सहजिकरणमा निर्माण हुन लागेको भवनको लागत अन्दाजी ३५ लाख बराबरमा रहेको छ ।एउटा किचन सहित ४ काेठा रहने छन् ।