राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन महेश बस्नेतको चुनौती ।

0
622

एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन चेतावनी दिएका छन् । युथ फोर्सको सम्मेलन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै बस्नेतले यहि संसदबाट २ तिहाई पुर्याएर देखाउन चुनौती दिएका हुन् । उनले युथ फोर्स देउवा सरकार बिरुद्धको संगठन नभएको बताउँदै सरकारले ओली सरकारका निर्णयहरु उल्ट्याउँदै गए सरकार बिरुद्ध खनिने बताए । आफ्ना कार्यकर्तालाई दुख दिए प्रतिरोध गर्ने र जनताको पक्षमा काम गरेमा सरकार सँग सहकार्य गर्ने बताए । उनले भ्याक्सीन लगाउने क्रममा बिभेद भए प्रतिरोध गर्ने बताए । बुद्धिजिवीका नाममा कुनै पक्षको कठपुतली बनेर एमाले बिरुद्ध षड्यन्त्र गर्नेलाई युवा संघले साईवर सेनासँग मिलेर कारबाही गर्ने बताएका छन् ।

उनले बिजय कुमार गच्च्छादार १० लाख धरौटीमा छुटेकोमा पनि आपत्ति जनाएका छन् । अदालतसँगको सेटिङमा गच्छादार छुटेको आरोप समेत लगाए । न्यायालय स्वतन्त्र हुनु पर्नेमा बस्नेतले जोड दिएका थिए । देउवा परमादेश बाट नभई पञ्चादेशबाट प्रधानमन्त्री भएको बताउँदै आगामी निर्वाचनबाट अत्याधिक मतका साथ पञ्चादेश प्रबृत्तिको अन्त्य गर्ने बताए । प्रचण्ड दिन प्रतिदिन ओरालो लागेको बताउँदै आगामी निर्वाचनमा एक्लै जितेर देखाउन चुनौती दिएका छन् । प्रचण्डले देउवा प्रधानमन्त्री भए पछि सुरक्षा फौज थपेकोमा देउवा सरकार आए पछि सुरक्षा खतर बढेको हो भन्दै सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाए ।