मन्त्री बन्न माओवादीमा होडवाजी ,४९ सांसदको दवावले प्रचण्ड तनावमा।

0
570

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्री बन्न चाहनेहरुको आफु दवावमा रहेको बताएका छन् । आफुले मन्त्री पाए सबै ठिक नपाए नेतृत्व खराव भन्ने प्रवृत्तिले आफु हैरान भएको बताएका छन् । कम्युनिष्ट आन्दोलनका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै ४९ जना सांसदहरु मन्त्री बन्ने होड बाजीमा रहेको बताएका छन् । यो होडवाजीले कम्युनिष्ट चरित्रमाथि शंका गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन् । हालको पदलोलुप प्रवृत्तिले नरबहादुर कर्मार्चायहरुको योगदानलाई अपमान गरेको आफुले महसुष गरेको प्रचण्डको भनाई थियो । हजारौ नागरिकको बलिदानी र योगदानको उपलब्धि खोस्ने षड्यन्त्र भैरहेको भन्दै प्रतिक्रान्तीको खतरा रहेको बताए । लोकतान्त्रीक गणतन्त्र नै खतरामा पर्ने अवस्थामा आफै नेतृत्व के पी ओलीबाट भएको प्रहारबाट जोगाउनु सामान्य नभएको उनको भनाई थियो ।

ब्यबस्था माथि ओलीबाट भएको प्रतिगमन परास्त गर्न सम्पुर्ण तागत नलगाएको भए आजको अवस्था नआउने उनको भनाई थियो । आफुहरुको सडक आन्दोलनलाई ब्यंग्य गर्नेहरु अहिले पश्चाताप गरिरहेको उनको प्रचण्डको धरणा थियो । देश जनता र ब्यबस्था प्रति आफुहरु प्रतिबद्ध भएको बताउँदै प्रचण्डले जनताको मोर्चाबाटै प्रतिगमन परास्त भएको बताए । आफ्नै कम्जोरीको मुल्याँकन गर्दै जनतासँग माफि मागेर पुस ५ देखि असार ११ सम्मको लडाई चलेको उनको भनाई थियो । जनताको मुक्काबाट ओलीको प्रतिगमन परास्त भएको सुनाउँदै ओलीकै षड्यन्त्रले पार्टी एकता बिचमै रोकिएको आरोप लगाए ।