विप्लवको दौडधुप,महन्थ र बादलसँग भेटवार्ता ।

0
596

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । विप्लव र प्रवक्ता प्रकाण्ड ठाकुरलाई भेट्न निवासमा पुगेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा। बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् । त्यसैगरि विप्लव पक्ष र नेकपा एमालेका नेता रामबहादुर थापा बिच भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।