टिप्परको ठक्करबाट स्थानियको ज्यान गएपछि थानकोटमा प्रदर्शन,त्रिभुवन राजमार्ग अवरुद्ध ।

0
890

करिव १५ दिन अगाडी थानकोट स्थित त्रिभुवन पार्क नजिकै टिप्परको ठक्करबाट घाईते भएका स्थानिय सुचेन्द्र श्रेष्ठको आज ज्यान गए पछि स्थानियले त्रिभुवन राजपथ बन्द गरेका छन् । टिप्परको ठक्करबाट घाईते भएका चन्द्रागिरी न पा ४ का २८ बर्षीय सुचेन्द्र श्रेष्ठको मेडिसिटी अस्पतालमा मृत्यु भए पछि स्थानियहरु आन्दोलनमा उत्रिएका हुन् । चित्लाङ काठमाण्डौ सडक खण्डमा पर्ने पहाडमा अनधिकृत ढुङगा खानाी सञ्चालनमा आएको र सोही खानीको ढुङगा बोक्ने टिप्परको ठक्करबाट सुचेन्द्र श्रेष्ठ सवार स्कुटर क्षतविक्षत भएको थियो । पिडीत पक्षले चन्द्रागिरी न पा वडा नम्बर ४ मा भैरहेको प्राकृतिक दोहन बन्द गर्नु पर्ने माग गरेका छन् भने मृतकको परिवारलाई उचित क्षतिपुती दिन पनि दवाव दिएका छन् । अहिले सो क्षेत्रमा ठुलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ । स्थानियको विरोध प्रदर्शनका कारण राजधानीबाट बाहिर जाने र भित्र प्रवेश गर्ने हजारौ सवारी साधन बाटोमै रोकिएका छन् ।