नेपाली कामदारलाई कतारले बनायो नयाँ नियम, यस्तो छ जान्नै पर्ने प्रावधान ।

0
310

कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका -कोभिशिल्डरअक्सफोर्ड- र जान्सेन (जोन्सन एण्ड जोन्सन०को खोपलाई मात्र कतारमा मान्यता दिइएको छ । यो खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नामरप्रकार, उपलब्ध भएमा खोपको लट नम्बर खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । सिनोर्फम खोप लगाएका व्यक्तिले भने उनीहरुको एण्टिबडी परीक्षण गरिने छ । खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेवसाइटमा बुकिङ गरि १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।

आज देखि ४ दिन सम्म खोप कार्ड प्रमाणीकरण सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल तोकेको छ । यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि प्रमाणीकरण गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए । ‘१ ठाउँमा मात्रै तोक्दा भिड बढेर सेवाग्राहीलाई मर्का परेकाले हामीले थप ३ अस्पताललाई तोकेका हौं ।’वैदेशिक रोजगारीमा जानेहरुले खोप लगाए पनि खोप कार्ड प्रमाणीकरण नगराए उक्त कार्डले मान्यता नपाउने हुनाले प्रमाणीकरण गर्ने गरिएको हो । खोप कार्ड प्रमाणीकरण नगराए कतिपय देशमा जान नपाइने र जानेहरुले पनि क्वारेण्टिनमा बस्नुपर्छ ।