एमसिसि बिरुद्ध ज्ञानेन्द्र शाही उत्रिए सडकमा,सभामुखलाई बुझाए ज्ञापन पत्र ।

0
3209

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) बिरुद्ध हाम्रो नेपाल हामी नेपाली अभियानले राजधानीको माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छ । सभामुख अग्नी प्रसाद साप्कोटालाई ज्ञापन पत्र बुझाए पछि माईतिघर पुगेर राष्ट्रघाती सम्झौता कार्यान्यवन नगर्न चेतावनी दिएका छन् । सम्झौताको बिरोधमा अभियानले ६८ जिल्ला तथा ३४ देश बाट ७८ लाख हस्ताक्षर संकलन गरि मानव अधिकार आयोग मार्फत सरकारलाई बुझाएको थियो । देउवा सरकार बने पछि एमसिसि पास हुने चर्चा चले पछि अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वमा आज माईतिघर मण्डलामा बिरोध प्रदर्शन भएको हो । मण्डलाको निषेधित स्थान भित्रै पसेर नारावाजी गरे पछि प्रहरीले बल प्रयोग गरि अभियन्ताहरुलाई साईडको ट्रायकमा लगेको थियो ।

बिरोध प्रर्दशनका क्रममा प्रहरी र अभियन्ताहरु बिच ठेला ठेलको अवस्था सृजना भएको थियो । अभियानले एनसेल लगायत ठुला करदाताहरुबाट कर उठाउने हो भने एमसिसि भन्दा ठुलो रकम नेपालमै भएको भन्दै बिरोध हुँदै आएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानले एमसिसि खारेज नभए सम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । यो पनि पढ्नुहोस् । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने बताएका छन् ।

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ । त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि उनीहरुले माग गरेका छन् । महासचिव भरत नेपालले आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको बताए । ‘यो मागबारे सरकार कति गम्भीर हुन्छ त्यो हेर्छौं, भोलि हाम्रो समीक्षा बैठक छ, त्यसपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा हुन्छ’ उनले भने ।