जसपा विवाद उत्कर्षमा,पार्टी उपेन्द्रको कब्जामा,टाउको गन्दै निर्वाचन आयोग ।

0
431

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउन लागेको छ। आज ११ बजे यादव र ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । तीमध्ये आफूहरुको पक्षमा ३३ सदस्य रहेको यादव पक्षको दाबी छ ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद चुलिएको छ । कानुनी अड्चन कै कारण जसपा आज सम्म एउटै पार्टीको रुपमा रहेको हो अन्यथा पहिले नै पार्टी फुटि सेकेको हुने थियो । निर्वाचन आयोगमा परेको उजुरीका बिरुद्धमा ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको थियो । सर्वोच्चले साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।