निर्वाचन आयोग पुगे रेशमलाल चौधरी,यादव पक्षलाई मिल्यो बहुमत।

0
698

जनता समाजवादी पार्टीको आन्तरीक विवाद निर्वाचन आयोग पुगे पछि आयोगले कार्यकारी समितीका सबै सदस्यलाई बोलाएर हस्ताक्षर संकलन गरिरहेको छ । त्यस क्रममा कैलाली घटनाका मुख्य आरोपी ठहरीएका सांसद रेशमलाल चौधरी पनि सनाखत गर्न आयोग पुगेका छन् । चौधरीलाई आयोग लैजाँदा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा आयोग पुगेका चौधरीले पार्टीका अध्यक्ष द्धय उपेन्द्र यादव र महन्थ ठाकुर सँग छलफल गरेर मात्रै हस्ताक्षर गर्ने प्रतिकृया दिएका छन् । एमाले अध्यक्ष के पी ओली नेतृत्वको सरकारले गरेको संसद बिघटनको समर्थन र बिरोधका कारण जसपामा विवाद उत्पन्न भएको थियो । उक्त बिबादले सर्बोच्च अदालत देखि निर्वाचन आयोग सम्म ठाउँ पाएको छ ।

यादव पक्षलाई मिल्यो बहुमत जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए । पार्टीभित्र दुइटा विचार आएको र त्यसका आधारमा पार्टीको आधिकारिताको लडाइँ चलेको भन्दै उनले भने, ‘हामीले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौं ।’