कोरोनाको तेस्रो लहर असोज १५ बाट फैलन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

0
262

कोरोना भाईरसको तेस्रो लहर फैलने हल्ला चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १५ देखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरिएको योजनाको विवरणमा असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने उल्लेख गरिएको छ। बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले जनाएअनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ । तेस्रो लहर कस्तो हुन्छ भन्ने बारेमा भने रिपोर्टमा कुनै स्पष्ट लेखिएको छैन ।

यो पनि पढ्नुहोला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लिग अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिइन् । यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्रालि भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन गदै आएको छ । अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएको जानकारी दिइन् ।