उपेन्द्र यादवको पोल्टामा जसपा,ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न पाउने ।

0
90

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरे ।

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगको यो निर्णय सँगै जसपाको बिबादले निकास पाएको छ ।