शिर्ष नेतालाई माधव पक्षको कडा निर्देशन,एकता बिथोल्ने अभिब्यक्ति नदिनु ।

0
454

एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । साथै अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन र भेटवार्ता गर्न आग्रह गरेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार र सोमबार लगातार दुई दिन बसेको थियो । बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको छ । साथै पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेको छ । ‘सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन ।

यो पनि पढ्नु होला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई ििवजुलीमा विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ ।’नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिइन् ।